मप बैठकका १६ बुँदे निर्णय सार्वजनिक, तत्काल मन्त्रिपरिषद् फेरबदलको सम्भावना छैन : मन्त्री शर्मा

 काठमाडौं पुस १,
मंसिर २८ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले आवश्यकताअनुसार मन्त्रिमण्डल परिवर्तन स्वभावि प्रक्रिया भएपनि मौजुदा मन्त्रिमपरिषदमा   फेरबदलको कुनै चर्चा नरहेको बताउनुभयो ।  आइतबार मन्त्रिपरिषद् बैठकका १६ बुँदे निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री शर्माले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

त्यस्तै मन्त्रि शर्माले सरकारले विद्युत खपथ वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृतीसंगै क्यानेडियन स्वयंसेवक परिचालनसम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने, फिनल्याण्डमा होलसिन्कीमा आयोजना हुने इन्टु साइटुको २२ औं वार्षिक बैठक तथा तालिममा सहभागी हुन उपमहालेखापरीक्षक पदमराज पौडेललाई उपस्थित हुन स्वीकृत दिने निर्णय भएको जानकारी दिनुभयो ।

त्यस्तै बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी दर्जामा बढुवा गरी पदस्थापन गर्ने, नेपाली सेनाका सहायक रथी सन्तोषवल्लभ पौडेललाई उपरथी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णयसंगै परराष्ट्र सेवा समूहीकरणतर्फ राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त एक पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने, राजपत्रांकित विशिष्ट श्रेणीका सुरेश आचार्यसमेतका सात जना सचिवहरूको सरूवा गर्ने निर्णय भएको बताउनुभयो ।

साथै उहाँले हुन्सा खोला जलविद्युत आयोजनाका लागि ताप्लेजुङको फत्ताङलुङ गाउँपालिकास्थित करिब ३२९ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने, पूर्व९पश्चिम विद्युतीय ल्याण्डमार्गको निजगढ९बर्दिवास खण्डमा पर्ने घर, टहरा तथा जग्गाहरूको मुआब्जा राहतस्वरूप क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने निर्णय भएको बताउनुभयो ।

त्यसैगरि नेपाल र कतार सरकारबीच सांस्कृतिक क्षेत्रमा एकआपसमा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णयसंगै नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीति स्वीकृत गर्ने, वन्यजन्तु बासस्थान व्यवस्थापन कार्यविधि, २०८० स्वीकृत गर्ने, हातहतियार खरखजाना नियमावली १२ औं संशोधन, २०८० स्वीकृत गर्ने, कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने, राष्ट्रिय बृहत् जलधार व्यवस्थापन रणनीति स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31