सोमवार, जेष्ठ ७, २०८१

नारायणगढ–मुग्लिन सडकखण्डमा पुस ७ देखि तीन हप्ताका लागि दैनिक चार घण्टा सवारी बन्द हुने

  काठमाडौ पुस १,

नारायणगढ–मुग्लिन सडकखण्डमा पुस ७ देखि दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नका लागि सवारी आवागमन बन्द गर्न लागिएको नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक रोकेर भित्तो काटिने र यसको लागि बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्ने तयारी रहेको जानकारी दिएको छ ।

शनिबार कुरिनटारमा चितवन, गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा बसेको अन्तर जिल्ला बैठकको निर्णय अनुसार सडक रोकेर काम गर्ने निर्णय गरेको हो ।

गत वर्ष सो ठाउँमा पुल निर्माणका लागि भित्तो काट्ने काम भएपनि पूर्णरुपमा कार्य सम्पादन हुन नसकेका कारण यसवर्ष पनि सवारी आवागमन बन्द गर्दै भित्तो काट्ने काम गरिन लागेको आयोजनाले जनाएको छ। भित्तो निकै कठा भएका कारण काट्न नसकिएको जनाउादै यसपटक पनि समस्या सिर्जना भए अन्तिम विकल्प अनुसार विस्फोटको माध्यमबाट भित्तो काटिने आयोजनाले जनाएके छ।