सोमवार, जेष्ठ ७, २०८१

धरौटीमा रिहा हुँदै गरेका पूर्वगृहमन्त्री खाणलाई कारागार प्रशासनले सम्पत्ति शुद्धीकरण विभागलाइ बुझाउँने

काठमाडौं मंसिर २९,
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतको आदेशले धरौटीमा शुक्रबार रिहा हुँदै गरेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई कारागार प्रशासनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराउने भएको छ । उच्च अदालत पाटनको बिहीवारको आदेशमा ३० लाख धरौटी बुझाएर रिहा हुन लागेका नेता खाणलाई शुक्रबार सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराउँन लागिएको हो ।

यसअघि मंसिर १५ गते उच्च अदालतले रिहा गर्न आदेश दिएका र त्यसअघि जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएकाहरुलाई पनि सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको थियो ।

स्मरण रहोस सम्पत्ति शुद्धीकरण विभागले अदालतबाट धरौटीमा रिहा भएकाहरुलाई अदालतको भन्दा आधा कम धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सम्पत्ति शुद्धीकरण विभागबाट आज नै रिहा भए खाणलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा लगिने छ। यदि शुक्रबार सम्पत्ति शुद्धीकरण विभागबाट धरौटी आदेश नभए खाण शुक्रबार पनि छुट्ने सम्भावना कम रहेको छ । त्यस्तै विभागबाट धरौटी आदेश पाएमा पुन विभागले उनलाई पुनः अख्तियारमा पठाउने यसअघिका प्रतिवादीहरुलाई अख्तियारले तारेखमा रिहा गरेकाले खाणलाई पनि त्यसैगरी रिहा गर्ने सम्भावना रहेको देखिन्छ ।