सोमवार, जेष्ठ ७, २०८१

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

महासमिति बैठक संस्थापन पक्ष राष्ट्रिय सभा निर्वाचन पछिसम्मका लागि स्थगन गर्ने तयारीमा, स्थापन इतरपक्ष् भने तोकिएकै मितिको अडानमा

काठमाडौं मंसिर २९,
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। बैठक आज दिउँसो १२ः१५ बजे सानेपास्थित पार्टी मुख्यालयमा बस्न लागेको हो।

आजको बैठकमा मुलत आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी संगै लागि दल दर्ता र गठबन्धनदलवीच सिट बाँडफाँड ,महासमिति बैठक लगायत समसामयिक राजनीतिक विषयगत एजेन्दामा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको काँग्रेस मुख्यालयले जनाएको छ।

त्यस्तै बैठकले कांग्रेसले पुस १६ देखि १९ गतेसम्मका लागि तय गरेको महासमिति बैठक तोकिएकै मितिमा गर्ने वा राष्ट्रिय सभा निर्वाचन पछिसम्म स्थगित गर्ने भन्ने विषयको छलफलले समेत प्रवेश पाउँने बुझिएको छ। महासमिति बैठकका विषयमा संस्थापन पक्ष राष्ट्रिय सभा निर्वाचन पछिसम्मका लागि स्थगन गर्ने तयारीमा रहेका छन भने स्थापन इतर पक्ष् भने तोकिएकै मितिमा गर्नु पर्ने अडानमा रहेको छन ।