सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रिय सभा निर्वाचन:  दल दर्ताको लागि आज अन्तिम दिन

काठमाडौं मंसिर २९,
निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि   राजनीतिक दल दर्ताको लागि दिएको समय आज सकिँदै   छ ।

संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नुपर्ने आयोगले जनाएको छ ।

मङ्सिर २४ देखि २९ गते आजसम्म दर्ता भएका दलले मात्रै राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन पाउने आयोगले जनाएको छ।