सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रिय सभाको निर्वाचन:माओवादी केन्द्र, एमाले र नेमकिपाले गरे दल दर्ता

जसपाले पनि दल दर्ता गर्ने

काठमाडौँ मंसिर २६
निर्वाचन आयोगले मङ्सिर २४ देखि २९ गतेसम्मको समय तोके अनुरुप आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज थप ३ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् ।

माओवादी केन्द्र, नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीले आज दल दर्ताको निवेदन दिएको आयोगले जनाएको छ। यसअघि हिजो राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले निवेदन दर्ता गराइसकेका छन ।

यसैवीच जनता समाजवादी पार्टीको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयनका लागि भने आगामी पुस १० गते बस्ने बैठकले निर्णय गर्ने सहमति सहित पुस २५, २६ र २७ गते जसपाले राजनीतिक समितिको बैठकसमेत आह्वान गरेको छ ।