सोमवार, जेष्ठ ७, २०८१

मिटरब्याज जाँचबुझ आयोगले सरकारलाइ बुझायो प्रतिवेदन

 काठमाडौं मंसिर २६
अनुचित लेनदेन मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले आज सुझावसहितको प्रतिवेदन सरकारलाइ बुझाएको छ। सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको तीन सदस्यीय आयोगको म्याद सोमवार सएिको हो ।

आयोगको प्रतिवेदनमा मौजुदा समस्याको जिल्लागत विवरण र समाधानका विकल्प सहितको प्रस्तुत गरिएको प्रतिवेदन आज प्रधानमन्त्री प्रचण्डले बुझेपछि आयोगप्रति धन्यवाद व्यक्त गर्दै प्रतिवेदन कार्यान्वयनका लागि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।

आयोगको म्याद सकिएसंगै आयोगको सुझाव अनुसार अबका दिनमा अनुचित लेनदेनको उजुरी तथा समस्यालाई गृह मन्त्रालय र अन्तर्गतका जिल्ला प्रशासन कार्यालयहरूले टुंगो लगाउने भएको छन्।