सोमवार, जेष्ठ ७, २०८१

मंसिर २९ मा काँग्रेस कार्यसम्पादन समितिको बैठक, महासमितिको बैठक सार्ने तयारी

 काठमाडौँ मंसिर २६
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगमी मंसिर २९ गते पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । शुक्रबार  कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको बैठकमा महासमिति बैठक, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

यसैवीच विश्वस्त सूत्रबाट प्राप्त जानकारी अनुसार पुस १६ देखि १९ गतेसम्म ललितपुरको गोदावरीमा बस्ने तय गरिएको कांग्रेस महासमिति बैठक फेरि सार्ने तयारी तयारी भएको बुझिएको छ। आसन्न राष्ट्रियसभा निर्वाचनको तयारीका लागि भन्दै पुसका लागि तय भएको महासमिति बैठकको मिति फागुनमा पुर्‍याउने तयारी भएको कांग्रेसजनहरुले बताउन थालेका छन् ।

तर काँग्रेस नेता शेखर कोइराला पक्षले भने तोकिएकै समयमा महासमिति बैठक गर्नपर्ने आफ्नो अडान कायम रहेको जनाउ दिएपनि पार्टी सभापति देउवाले नेता कोइरालको जनाउलाइ नजरअन्दाज गर्दै एकतर्फी रुपमा बैठक सार्ने तयारी गरेको स्रोतको दावी रहेको छ ।

स्मरण रहोस , साउनमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले मंसिरको दोस्रो साता महासमिति बैठक गर्ने निर्णय गरेकोमा त्यसलाई दुई पटक सारेर पुस १६ मा पुर्‍याइएको र अवको चरणमा फागुमा सार्ने योजना बनेको र प्रस्तत योजना मंसिर २९मा बस्ने कार्य सम्पादन समतिको बैठकले अनुमोदन गराउँने सभापति देउवाको तयारी  रहेको बताइएको छ ।