सोमवार, जेष्ठ ७, २०८१

काठमाडौँ महानगर स्रोत शिक्षक पदको अन्तिम नतिजा सार्वजनिक

  काठमाडौँ मंसिर २४,

काठमाडौँ महानगरपालिकाले आज स्रोत शिक्षक पदपूर्तिका लागि अन्तिम नतिजा प्रकाशन गरेको छ । स्रोत शिक्षक छनोट समितिको आज बसेको बैठकले मंसिर २३ गते सञ्चालन भएको विषयगत लिखित तथा प्रयोगात्मक परीक्षा र आज नै लिइएको अन्तरवार्ताको प्राप्ताङ्कका आधारमा योग्यता क्रम निर्धारण भएका उम्मेदवारलाई नियुक्तिका लागि शिफारिस गर्ने निर्णय गरेको हो ।

प्रयोगात्मक परीक्षामा गुणस्तर सुधार योजनाको मूल्याङ्कन, प्रस्तुतिकरण र कम्प्युटर सिपको परीक्षण गरिएको थियो । महानगरपालिकाले गणित विषयमा ३ पद, नेपाली, अंग्रेजी, विज्ञान र सामाजिक विषयमा २÷२ पदका लागि गएको कार्तिक १७ गते विज्ञापन गरेको थियो ।

माग गरिएका पदमा हिजो लिइएको लिखित परीक्षामा गणित विषयमा ११ जना, नेपाली विषयमा ४ जना, अंग्रेजी विषयमा ५ जना, विज्ञान विषयमा ४ जना र सामाजिक बिषयमा ८ जना आवेदक सहभागी हुनुभएको थियो । परीक्षा लिएकै दिन प्रकाशन भएको नतिजामा गणित विषयका लागि ५ जना, नेपाली विषयका लागि १ जना, अंग्रेजी, विज्ञान र सामाजिक विषयका लागि ४÷४ जना आवेदक छनोट गरिएको थियो । उहाँहरुलाई बोलाएर आज अन्तरवार्ता लिइएको थियो ।

शिफारिस योग्यता क्रम
विषय: गणित
१) सुशिल खनाल रोल नं. ०८०००८
२) रश्मी तामाङ् रोल नं. ०८०००९
३) कमलप्रसाद भट्ट रोल नं. ०८०००२
बैकल्पिक योग्यता क्रम

१) अनुपमा शर्मा रोल नं. ०८००१०

विषय: नेपाली
१) खगराज जोशी रोल नंं ०८०००७

विषय: अंग्रेजी
१) नवराज ढकाल रोल नं. ०८००१६
२) दिनेश के. सी. रोल नं. ०८००३६
वैकल्पिक योग्यता क्रम
१) अञ्जु लामा रोल नं. ०८००१८

विषय: सामाजिक
१) रमेशकुमार दर्जी रोल नं. ०८००३३
२) नारायणप्रसाद नेपाल रोल नं. ०८००३७
वैकल्पिक योग्यता क्रम
१) रामकृष्ण अधिकारी रोल नं. ०८७००३४

विषय: विज्ञान
१) योग्यराज प्रसाईँ रोल नं. ०८००२०
२) कपिलजंग पाण्डे रोल नंं ०८०००४
बैकल्पिक योग्यता क्रम
१) सरोज काफ्ले रोल नं. ०८००२८ रहेका छन ।