सोमवार, जेष्ठ ७, २०८१

सुन्दर सुदूरपश्चिमको सपनाबाट देशका अन्य क्षेत्रले समेत प्रेरणा लिन सक्छन्ः प्रधानमन्त्री

काठमाडौं मंसिर २२,
प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम महोत्सवको आज धनगढीमा उद्घाटन गर्नुहुँर्दै सुन्दर सुदूरपश्चिमको सपनाबाट नेपालका अन्य क्षेत्रले समेत प्रेरणा लिन सक्ने बताउनुभएको छ । त्यस्तै सम्बोधनकने क्रममा उहााले हामीले खोजेको समृद्ध संघीय समाजवाद्मदी नेपालको निर्माणमा समेत यसले निर्णायक भूमिका खेल्ने मैले विश्वास व्यक्त गर्दै यसका लागि यहाँहरुको एकताबद्ध र योजनाबद्ध प्रयास आवश्यक रहेको बताउनुभयो ।

उहाँले आगामी दिनमा सुदूरपश्चिम प्रदेश सरकारले लगानी र विकास सम्मेलनको आयोजना गर्न बताउनुहुँदै उक्त सम्मेलनमा सुदूरपश्चिम क्षेत्रमा विकास तथा आर्थिक समृद्धिका सबै क्षेत्रको वास्तविक चित्रण गर्दै व्यवस्थित र लागतसहितको कार्ययोजना तयार गर्न आव्हान गर्दै यसको लागि संघ सरकारबाट आवश्यक पर्ने सबै सहयोगका लागि प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

साथै उहाँले सम्बोधनको कै क्रममा हिजो राजा महाराजाहरुको जमानामा, सामन्ती राजतन्त्रको समयमा केही थान सीमित जमिन्दारहरुको मात्रै काठमाडौंसँग पहुँच हुने अवस्थाको अन्त्य भएर अहिले जनताका छोराछोरी प्रदेश र बिभिन्न स्थानीय तहको नेतृत्व गर्न सक्षम बनेका उहाँको धारणा समेत व्यक्त गर्नुभयो ।