सोमवार, जेष्ठ ७, २०८१

नेकपा एमालेले आफ्नो संकल्प यात्रा: आज सुर्खेतको विरेन्द्रनगरमा वृहत आमसभा गर्दै

 

काठमाडौं मंसिर १८, 
नेकपा एमालेले आफ्नो संकल्प यात्राको पाँचौ दिन आज सुर्खेतको विरेन्द्रनगरमा आमसभा गर्दै छ। एमालेले आज दैलेखबाट सुर्खेतको वीरेन्द्रनगरसम्म यात्रा ७१ किलोमिटरको यात्रा सहित सुर्खेतको विरेन्द्रनगरमा आमसभा गर्ने तयारी भएको जनाएको छ । आएतवार अछामको मंगलसेनदेखि दैलेख बजारसम्म एमाले टोलीले १ सय ५४ किलोमिटरको यात्रा गरेको थियो।

त्यस्ते आजै पार्टी अध्यक्ष केपी शर्मा ओलीले दैलेखको गुराँस गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने पछि सुर्खेतको वीरेन्द्रनगरमा दिउसो ३ बजे हुने आमसभालाई सम्बोधन गर्ने बताइएको छ। आमसभा लगत्तै अध्यक्ष ओलीले बेलुका ५ बजे सिद्धार्थ होटलमा उद्योगी, व्यापारी र बुद्धिजीवीसँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको जनाउ सहित नेकपा एमालेले वीरेन्द्रनगरको आम सभामामार्फत एमालेले तमाम जनतालाइ आफ्नो भावी कार्यक्रमको समेत जानकारी दिे तयारी गरको बुझिएको छ।