सोमवार, जेष्ठ ७, २०८१

महाधिवेशनको मिति तय गर्न नेकपा एसको आज सचिवालय बैठक बस्दै

काठमाडौं मंसिर १८

एकीकृत समाजवादीको आज सचिवालय बैठक बस्दैछ । बैठकले महाधिवेशनको मिति तय गर्ने एकीकृत समाजवादीले जनाएको छ ।

यसअघि पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो । सो समयमा राष्ट्रियसभाको निर्वाचन हुन गएका कारण नयाँ मिति टुङ्गो लगाउन सचिवालय बैठक बोलाइएको पार्टीका पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

त्यस्तै आजको बैठकले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने सो बैठकमा अन्तरपार्टी निर्देशन ९अपानि०मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफलसंगै पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थितिबारे छलफल गरिने जनाएको छ।