सोमवार, जेष्ठ ७, २०८१

सुनको मूल्यले नयाँ रेकर्ड कायम, प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँ

काठमाडौं मंसिर १८ 
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको जनाएको छ । महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला आठ सयले बढेर एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको जनाउँदै यसअघि आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको जानकारी दिएको छ ।

यस्तै आज तेजावी सुन एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छभने चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा स्थिर रहेको जनाएको छ ।