आइतवार, जेष्ठ ६, २०८१

प्रधानमन्त्री प्रचण्ड स्वदेश आएलगत्तै मौजुदा मन्त्रिपरिषद्भ फेरबदल हुँदै

तस्वीर: प्रदिपराज वन्त

काठमाडौं मंसिर १७,
प्रधानमन्त्री प्रचण्ड आज जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी भइ आज स्वदेश आएलगत्तै मौजुदा मन्त्रिपरिषद्भ मा फेरबदल हुने भएको छ।

प्रधानमन्त्री प्रचण्ड आज साँझ ६ः३० बजे फ्लाई दुवई एयरद्वारा स्वदेश फिर्ता हुँदै छन् । उहाँ सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल टोली १३ गते दुवई जानु भएको थियो ।

 समाचार स्रोतका अनुसार प्रम प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा जानु पूर्व गठबन्धन दलबीच भएको पूर्वसहमतिअनुसार दाहालले मन्त्रिपरिषद्का सदस्यहरु फेरबदलको तयारीका विषयमा छलफल गर्नु भएको थियो ।

 सरकारमा सहभागी जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीसमेत अहिलेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने तयारीमा रहेको थाहा भएको छ । यसवीचमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, शिक्षामन्त्री अशोक राईलगायतको कार्यशैली र कार्यसम्पादनप्रति गठबन्धन दलका शिर्ष नेतृतवसंगै प्रधानमन्त्री समेत सन्तुष्ट नभएको बुझिएको छ।