सोमवार, जेष्ठ ७, २०८१

बागमती प्रदेशमा आज सर्वदलीय बैठक बस्दै

  काठमाडौं मंसिर १७,
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलले आज दिउँसो १ बजेका लागि आव्हान गर्नुभएको बैठकमा मुलत प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषय केन्द्रीत हुने बताएकोछ ।

 यसअघि मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफल गर्दै प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने तयारी भए अनुरप आजका लागि सर्वदलीय बैठक वोलाउँनु भएको थाहा भएको छ।