मङ्लबार, जेष्ठ १, २०८१

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फिर्ता हुँदै

काठमाडौं मंसिर १७,

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किने भएका छन् । उनी आज साँझ ६ः३० बजे फ्लाई दुवई एयरद्वारा स्वदेश फिर्ता हुँदै  छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल टोली १३ गते दुवई जानाु भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा शनिबार सम्बोधन गर्दै यसक्रममा उनले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवं हानिकारक असर भोगिरहेको बताएका थिए । साथै उनले विश्वव्यापी रुपमा बढ्दो तापक्रमले नेपालका हिमाललाई यातना दिएको उल्लेख गर्दै पहिला तिनीहरुलाई बचाउन विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930