सोमवार, जेष्ठ ७, २०८१

४ वुँदे सम्झौतासंगै कान्तिपुर मिडिया गुप्र केन्द्रीत महासंघको आन्दोलन स्थगन

काठमाडौं मंसिर १६,

नेपाल पत्रकार महासंघको नेतृत्वमा शुरु भएको कान्तिपुर मिडिया गुप्र केन्द्रीत आन्दोलन दुई महिना पछि ४ वुँदे सम्झौतासंगै स्थगन भएको छ।
कान्तिपुर मिडिया गुप्रमा उत्पन्न श्रम समस्याका बारेमा नेपाल पत्रकार महासंघमा प्राप्त उजुरी र गुनासालाई सम्बोधन गर्न महासंघले आन्दोलनको घोषणा गरेको थियो ।

श्रम अधिकारसँग सम्वन्धित प्रचलित कानुन र आन्दोलनको जगमा सम्झौताको विन्दुमा पुगेको सम्वन्धित सबैमा जानकारी गराइन्छ । कान्तिपुर ब्यवस्थापनले कानुनविपरीत गरेको पत्रकारहरुको निश्कासन, सरुवा र प्रष्टीकरण दुई पक्षको सम्झौताबाट सम्पूर्ण रुपमा फिर्ता भएको छ । कामलाई निरन्तरता दिन चाहने पत्रकारहरुलाई सहज काम गर्ने वातावरण निर्माण र स्वेच्छिक अवकाशमा जान चाहनेहरुलाई कानुनअनुसार पाउने सेवा सुविधाको सुनिश्चिततासंगै महासंघ नेतृत्व र कान्तिपुर मिडिया ग्रुपको ब्यवस्थापन पक्षबीच ४ वुँदे सम्झौता भएको हो।
सम्झौतापत्रममा महासंघका अध्यक्ष विपुल पोख्रेल र कान्तिपुर मिडिया ग्रुपको तर्फबाट ग्रुप चिफ अफ स्टाफ शिशिर पछाईले हस्ताक्षर गर्नुभएको छ ।

साथै, श्रमजीवी पत्रकारका सम्वन्धमा सबै किसिमका काम कारबाही प्रचलित कानुनबमोजिम मात्र गर्ने सम्झौता भएको छ । यो सम्झौतालाई महासंघले सकारात्मक रुपमा लिँदै अक्षरशः पालनामा जोड दिदै महासंघले सम्झौता लागू गराउनका लागि खेल्नुपर्ने भूमिका र पहलका लागि महासंघ दृढ रहेको जनाउँदै सम्झौता कार्यान्वयनका लागि महासंघको श्रमजीवी हित प्रवर्धन समितिले सहजीकरण र निरन्तर अनुगमन गर्ने जनाएको छ।

सम्झौता कान्तिपुर मिडिया गुप्रको केन्द्रीय कार्यालय, प्रदेश र जिल्लामा कार्यरत कान्तिपुरकर्मीहरुमा समान रुपले लागू हुनेछ । सरकारले श्रमजीवी पत्रकारलाई तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा सम्झौता गरिएको छ । रोकिएको तलब तत्काल उपलब्ध गराउने सहमति भएको महासचिवका महासचिव रोसन पुरीले जारी गर्नुभएको विज्ञप्तिमा उलेख गरिएको छ।