सोमवार, जेष्ठ ७, २०८१

यस्तो छ नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतको आदेश , पूर्वगृहमन्त्री खाणलाई थुनामुक्त गर्न अस्वीकार

 रायमाझी, पाण्डे, राई, दुलाल, राई र आङटावा शेर्पालाई थुनामै पठाउने काठमाडौं जिल्ला अदालतको आदेश सदर

काठमाडौं मंसिर १६,
उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, सागर राई र आङटावा शेर्पालाई थुनामै पठाउने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको छ ।

यस्तै सानु भण्डारी, सञ्जय शर्मा र गोविन्द चौधरीलाई पनि थुनामै पठाउने आदेश भएको छ । यसैगरी टेकनाथ रिजाल, नरेन्द्र केसी, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, शमशेर मिया, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेक गुरुङ, रामशरण केसी र केशव तुलाधरलाई धरौटीमा रिहा गर्न आदेश उच्च अदालतले गरेको छ ।

यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भने उच्च अदालत पाटनले थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

यस प्रकरणमा जिल्ला अदालत काठमाडौंले दिएको थुनछेकको आदेशविरुद्ध अभियुक्तहरुले उच्च अदालत पाटनमा बेरितको आदेश बदरको माग गर्दै निवेदन हालेका थिए । तिनै निवेदनमाथिको सुनुवाइ सकिएसँगै शुक्रवार उच्च अदालतले आज आदेश दिएको हो ।

आरोपीमध्ये पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा र इन्द्रजित राईका छोरा नीरज भने अझै फरार छन् ।