यस्तो छ राष्ट्रिय सभा सदस्यको निर्वाचनको निर्वाचन कार्यतालिका

काठमाडौं मंसिर १५,
निर्वाचन आयोगले आगामी माघ ११मा सम्पन्न हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी थालेको छ। नेपाल सरकारबाट निर्वाचनको मिति घोषणा भए पश्चात आयोगले निर्वाचनको तयारी सहित निर्वाचन कार्यतालिका समेत स्वीकृत गरेको छ।

स्वीकृत निर्वाचन कार्यतालिका अनुसार मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन गर्दै मंसिर २४ गतेदेखि २९ गते सम्मका लागि गतेसम्म राजनीतिक दल दर्ताको आव्हान गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तैदर्ता दर्तापछि पुष १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने पुष ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाश गर्ने
कार्यतालिका रहेको आयोगले जनाएको छ।

साथै स्वीकृत कार्यतालिका अनुसार पुस २६मा निर्वाचन अधिकृतको नियुक्ति र सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31