सोमवार, जेष्ठ ७, २०८१

घट्यो इन्धनको मूल्य, ग्यासको भाउ भने यथावत

काठमाडौं मंसिर १५,
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको विक्रि मूल्य घटाएको छ। शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी निगमले पेट्रोल र डिजेल, मट्टीतेलको विक्रि मूल्य घटाएको हो।

निगमले भारतीय आयल कर्पोरेसन [आइओसी]ले पठाएको मूल्यसूची अनुसार बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोलमा लिटरको दुई रूपैयाँ डिजेल तथा मट्टीतेलमा चार रूपैयाँ घटाएको जानकारी दिएको हो।

त्यस्तै आइओसीबाट प्राप्त नयाँ मूल्य सूचीमा निगमका अनुसार खाना पकाउने ग्यासमा २१ रूपैयाँ १४ पैसा बढाएर पठाएपनि निगमले ग्यासको भाउ यथावत राखेको छ।