भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि २२ करोड नौ लाख निकासा

 काठमाडौं मंसिर १५,
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि २२ करोड नौ लाख ७५ हजार रूपैयाँ रकम निकासा भएको जनाएको छ । त्यस्तै प्राधिकरणले लाभग्राही प्रमाणित भएका कुल ११ हजार नौ सय ९७ मध्ये बाँकी लाभग्राहीका लागि समेत रकम निकासाको प्रक्रिया अघि बढिसकेको जनाएको छ ।

प्राधिकरणबाट प्राप्त विवरणअनुसार बझाङका चार सय ९० लाभग्राहीमध्ये एक सय १२ परिवारका लागि २८ लाख रूपैयाँ, रूकुम पश्चिमका आठ हजार पाँच पाँच ८५ लाभग्राहीका लागि २१ करोड ४६ लाख २५ हजार रूपैयाँ र बाजुराका एक हजार चार सय ३७ लाभग्राहीमध्ये एक सय ४२ लाभग्राहीका लागि पहिलो किस्ताबापतको ३५ लाख ५० हजार रूपैयाँ रकम निकासा गरिएको जनाएको  छ ।

पछिल्लो समयमा रकम निकासालाई तीव्रता दिएको सरकारले लाभग्राही प्रमाणित गर्ने प्रक्रिया जारी रहेको र प्रमाणित भएकाका लागि तत्काल रकम निकासा गरिरहेको छ । प्रवक्ता खड्काका अनुसार बुधबारसम्म दुई करोड ५३ लाख रूपैयाँ निकासा गरिएकोमा बिहीबार थप रकम निकासा भएको हो ।

सल्यानमा कायम भएका एक हजार चार सय ८५ लाभग्राहीसहित जाजरकोटका लाभग्राहीका लागि भने रकम निकासा गर्न बाँकी रहेको छ । कायम भएका लाभग्राहीका लागि छिट्टै र कायम हुन बाँकी रहेका लाभग्राहीका लागि कायम गरिसकेपछि द्रुत गतिमा वितरण हुने पनि  प्राधिकरणले जनाएको  छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31