सोमवार, जेष्ठ ७, २०८१

आज उपत्यका सहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीको संभावना

काठमाडौं मंसिर १४,
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुका साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै महाशाखाले आज काठमाडौं उपत्यका सहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहनुको अलावा दिउँसो मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका एकाध स्थानमा हल्का वर्षासंगै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकाध स्थानमा हल्का हिमपातको संभावना औल्याएको छ ।

त्यसैगरि शुक्रबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकाध स्थानमा वर्षासंगै उच्च पहाडी तथा हिमाली भूभागका एकाध स्थानमा हल्का हिमपातको संभावना रहेको जनाएकोछ ।