सोमवार, जेष्ठ ७, २०८१

आजदेखि जलवायु परिवर्तनसम्बन्धी २८औँ सम्मेलन , प्रधानमन्त्री प्रचण्ड दुबईमा

काठमाडौं मंसिर १४,
संयुक्त अरब इमिरेट्स [यूएई]को दुबईमा आजदेखि जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन सुरु हुँदैछ ।  मंसिर २६ गतेसम्म चल्ने प्रस्तुत सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन् ।

दुबई विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई युएईका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्री, नेपालका लागि युएईका राजदूत अब्दुल्ला एम साम्सीलगायत युएईस्थित दूतावासका अधिकारीले स्वागत गरेका थिए । प्रधानमन्त्री दाहालले आज राजधानी आबुधाबीस्थित नेपाली दूतावासको अवलोकनका साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रमसंगै आजै साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ दुबई चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रम प्रचण्डको सचिवालयले जनाएको छ ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले एक सय ६० भन्दा बढी मुलुकका राज्यरसरकार प्रमुखहरुको उपस्थितीमा डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिनुको साथै डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रलाय सम्बोधन समेत गर्नुहुनेछ ।

त्यस्तै प्रतुत सम्मेलन जलवायु प्रतिबद्धतामा कार्य गर्न र जलवायु परिवर्तनको नराम्रो प्रभावलाई रोक्नका लागि एक महत्वपूर्ण अवसर हुने अपेक्षा गरिएको छ। साथै  सम्मेलनले तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने र सन् २०५० सम्ममा हरित ग्यास खुद शून्य उत्सर्जन हासिल गर्ने उपायमा सहमति गरेर जलवायु सङ्कटलाई सम्बोधन गर्ने लक्ष्यसंगै कार्बन उत्सर्जनकाविषयमा छलफलसंगै जलवायु राष्ट्रिय अनुकूलन योजना , पेरिस सम्झौताको कार्यान्वयन अवस्थाबारे समीक्षा, जलवायुजन्य हानि र नोक्सानी साथै कोष कार्यान्वयन, जलवायु वित्त , प्रविधि विकास, विस्तार र कार्यान्वयनलगायत विषयमा छलफल गर्ने बताइएकोछ।

 प्रधानमन्त्री दाहालले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम छ । उनले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिनेछन् ।