शनिबार, फाल्गुन १९, २०८०

अस्थिर राजनीतिलाई सही बाटोमा ल्याउँन मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान : अध्यक्ष ओली

 काठमाडौं मंसिर १४,

नेकपा एमालेका अध्यक्ष केपी ओलीले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानले अराजक र अस्थिर भएको राजनीतिलाई सही बाटोमा ल्याउने बताएका छन्।

बैतडीको झुलाघाटबाट बिहीबार बिहान अभियानको थालनी गर्दै अध्यक्ष ओलीले पछिल्लो समय बढ्दो सरकारी अकर्मण्यताका कारण देशको अर्थतन्त्र ओरालो लाग्नुको अलावा , राजनितिक अराजकता बढेको जनाउ सहित एमालेको यो अभियानले यो सबै कुराहरूलाई सही बाटोमा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

 त्यस्तै उहाँले पुस १ गतेसम्म चल्ने अभियानको सुरूमा मध्यपहाडी क्षेत्रका नागरिकको उत्साहको तारिफ गर्दै एमालेको अभियान देशलाई समृद्ध बनाउनको लागि यो क्षेत्रको कसरी विकास गर्न सकिन्छ, यहाँका जनशक्ति, स्वास्थ्य, रोजगारी, उत्पादनको बजारीकरण कसरी हुन्छ भन्ने खोजीको अभियान भएको समेत बताउनुभयो ।