सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनासहित २० सांसदको फागुन २० मा कार्यकाल सकिँदै

काठमाडौं मंसिर १३,
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० सांसदको पदावधि आगामी फागुन २० गते सकिँदै छ। २०७४ मा निर्वाचित भई गोलाप्रथाबाट ६ वर्षे पदावधि प्राप्त गरेका २० जना राष्ट्रियसभा सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिन लागको हो ।

राष्ट्रियसभा सदस्यको कार्यकाल सकिन लागेका अन्य सदस्यहरुमा नेपाली कांग्रेसका अनिता देवकोटा, रमेशजंग रायमाझी, प्रकाश पन्थ र जितेन्द्रनारायण देव रहेका छन्।

त्यस्तै नेकपा एमालेको तर्फबाट राष्ट्रियसभा सदस्य रहेका भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, खिमलाल भट्टराई, दीपा गुरुङ, दिलकुमारी रावल थापा , नरपति लुवार, रामचन्द्र राई रहेका छन ।

त्यस्तै पदावधि सकिनेको माओवादीको तर्फबाट विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी रहेका छन भने एकीकृत समाजवादीको तर्फबाट नन्दा चपाईं र सिंगबहादुर विश्वकर्मा रहेका छन ।

त्यस्तै जसपको तर्फबाट शिक्षा राज्यमन्त्री समेत रहेका प्रमिलाकुमारी यादव र स्वतन्त्र सांसद खिमलाल देवकोटा संगै र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल रहेका छन् ।