आइतवार, जेष्ठ ६, २०८१

प्रहरी समायोजनको माग गर्दै संघीय गृहमन्त्री श्रेष्ठलाइ ध्यानाकर्षणपत्र

काठमाडौं मंसिर १२,
प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीले आज सयुक्तरुपमा संघीय सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता सहित प्रदेशहरूको संस्थागत सुदृढीकरणका लागि प्रदेश प्रहरी समायोजन प्रक्रिया छिटो टुङ्ग्याउन माग गर्दै ध्यानाकर्षणपत्रसमेत बुझाएका छन् ।

भेटवार्ताको क्रममा प्रदेशका गृहमन्त्रीहरुले संघीय सरकारले संविधानले व्यवस्था गरेका अधिकार प्रत्यायोजन नगरेको असन्तुष्टि प्रकट गर्दै गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

त्यस्ते मुलुक संघीय संरचनामा रुपान्तरण भएको एक दशक पुग्न लाग्दा समेत प्रदेश प्रहरी गठन हुन नसक्नुले शान्ति सुरक्षा मजबुत नहुँनुको अलाव संघीयता समेत कमजोर भएको उनिहरुको गुनासो रहेको छ ।

यसअघि पनि यसै मुद्धामा संघीय सरकारविरुद्ध मधेश सरकारले दुईपटक सर्वोच्च अदालतमा मुद्दा नै दायर समेत गरिसकेको अवस्थाकावीच आज प्रदेशका गृहमन्त्रीले ध्यानाकर्षण पत्र बुझाउनु आफैमा अर्थपूर्ण रहेको छ ।

समरण रहोस २३ कात्तिकमा मधेश सरकारका ले मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै एक महिनाभित्र संविधानबमोजिम अधिकार प्रत्यायोजन नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका थिए ।

प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीले संघीय गृहमन्त्री श्रेष्ठलाइ बुझाए ध्यानाकर्षणपत्र