सोमवार, जेष्ठ ७, २०८१

प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

 काठमाडौं मंसिर १२, 
प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच आज अपरान्ह भेटवार्ता भएको छ ।

सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा उहाँहरुवीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

त्यस्तै छलफलको क्रममा अहिले विभिन्न समूहले गरिरहेको प्रदर्शनबारे विचार विमर्स सहित एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री कार्यालयको पुनःनिर्माण गरिएको सिंहदरबारको पश्चिम भेगको ग्यालरीको अवलोकन समेत गरेका थिए ।