शनिबार, फाल्गुन १९, २०८०

नेपाली काँग्रेसका ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त

 काठमाडौं मंसिर १२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन् ।

समयमा अधिवेशन नहुँदा स्वतः विघटन भएका ३ वटा भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ र नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा सभापति देउवाले क्रमस ओखलढुंगाका बालकृष्ण दाहाल, तनहुँका प्रकाश पन्थ र कपिलवस्तुका मेघराज टण्डनलाई नियुक्त गनुभएको हो ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार उल्लेखित तीनवटै भ्रातृ संस्था कांग्रेसको विधानअनुसार म्याद सकिएर स्वतः विघटन भएका थिए ।