सोमवार, जेष्ठ ७, २०८१

पैदलयात्रुले वाटो काट्न लागि आफैंले बटन थिचेर ट्राफिक लाइट वाल्ल पाइने

काठमाडौं मंसिर ११,

राजधानीको अति व्यस्त मानिने बबरमहलमा जिल्ला अदालत परिसरमा पैदलयात्रुले वाटो काट्नका लागि आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सन्चालनमा आएको छ । काठमाडौं महानगरको सहयोगमा  ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट सोमबार बिहानबाट सञ्चालनमा आएको ट्राफिक महाशाखाले जनाएको छ ।

यो प्रणाली सञ्चालनमा आएसँगै अब बाटो काट्न पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्नेछन् ।  करिव १० लाखको अनुमानित खर्चमा जडान गरिएको यस प्रविधिको प्रयोगबाट एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म हरियो बत्ती बल्ने र सो समयमा यात्रुले बाटो काट्न सक्ने ट्राफिक महाशाखाले जनाएको छ ।