आइतवार, जेष्ठ ६, २०८१

मंसिर १६ र १७ मानेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन हुँदै

  काठमाडौं मंसिर ११,

नेपाली कांग्रेसले पार्टीको विद्यान व्यवस्था अनुसार प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक प्रदेश सम्मेलन गर्न भएको छ ।  प्राप्त जानकारी अनुसार प्रदेश सम्मेलन अनर्तगत काँग्रेसले मंसिर १६ र १७ गते पहिलो लुम्बिनी प्रदेशको प्रदेश समितिको सम्मेलनको मिति तय गरेको हो ।

यसअघि काँग्रेसको प्रदेश कार्यसमिति गठन भएपनि प्रदेश सम्मेलन हुन सकेको थिएन । काँग्रेसको विधानमा ‘प्रदेश सम्मेलनको बैठक कम्तिमा प्रत्येक वर्षमा एक पटक बस्नेछ। तर प्रदेश अधिवेशन हुने वर्षमा प्रदेश सम्मेलनको बैठक बस्न वाध्य नभएको दफागत व्यवस्था उल्लेख रहेको छ ।

लुम्बिनी कांग्रेस सम्वद्ध स्रोतका अनुसार प्रदेश सम्मेलनको पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने गरि तय भएको र सम्मेलनलााइ पार्टीका उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री किशोरसिंह राठौर र केन्द्रीय सदस्य शेखर कोइराला लगायतले सम्बोधन गर्ने बुझिएको छ।

सम्मेलनमा प्रदेश अन्र्तगतका १२ वटै जिल्लाका प्रतिनिधिहरूको सहभागीतामा निर्वाचित झन्डै ७ सय ५० जना प्रतिनिधिले सहभागीता जनाउँने भएकोछ।