सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोक्न सरकारलाइ आयोगको परामर्श

काठमाडौं मंसिर ७,
निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न आज नेपाल सरकारलाई परामर्श दिएको छ ।

आगामी फागुन २० गते राष्ट्रिय सभा सदस्यमा निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदै गर्दाको अवस्थामा आयोगका पदाधिकारीले आज प्रधानमन्त्री प्रचण्डसंग गरेको भेटवार्ताको क्रममा यस्तो परामर्श दिनुभएको र प्रधानमन्त्रीले आयोगको सिफारिसअनुसारकै मितिमै हुने गरी निर्वाचनको मिति तोक्ने जनाउ दिनुभएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी  दिनुभयो ।

नेपालको संविधानको धारा ८६ को उपधारा ९३० बमोजिम राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले[माघ १५ गते सम्म] निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

निर्वाचन ऐन, २०७५ मा राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने निर्वाचक मण्डलकोे व्यवस्था रहेको समेत आयोगका प्रवक्ता  पौडेलले जानकारी दिनुभयो ।