सोमवार, जेष्ठ ७, २०८१

प्रसाईं समुहले आज देखि तीनकुनेमा प्रर्दशन गर्ने

काठमाडौं मंसिर ८,
दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने सार्वजनिक सूचना जारी गरेको छ ।
प्रसाईँले आफनो नेतृत्वमा शुक्रबारबाट तीनकुनेमा प्रर्दशन हुने सूचना बिहिबार साँझ सार्वजनिक गर्दै निषेधाज्ञाले केही हुनेवाला छैन । मासले जता भन्छ, जुलुस त्यतै जान्छ अब यो प्रदर्शन व्यवस्था परिवर्तन नहुञ्जेल निरन्तर जारी रहने जनाउ दिएसंगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई तीनकुने क्षेत्रमा कार्यक्रम गर्न नदिइएको प्रस्ट पारेको छ ।

प्रशासनले जारी विज्ञप्तिमा अभियानले अराजक र हिंसात्मक गतिविधि गर्न उक्साउने तथा हुलहुज्जत गरी निषेधित क्षेत्रतर्फ अघि बढ्ने कार्यक्रम सार्वजनिक गरेको भन्दै प्रशासनले त्यस्ता गतिविधि गर्न नदिइने समेत प्रस्ट पार्दै कानुनले बन्देज गरेका कुनैपनि गतिविढीमा सहभागी नहुन पनि सबैमा काठमाडौं प्रशासनले आग्रह गरेको छ ।

स्मरण रहोस बल्खुमा विहिवार भएको प्रदर्शनको क्रममा प्रसाईंका समर्थक र प्रहरीका बीचमा झडप भएको थियो । प्रसाईंका समर्थकहरुले प्रहरी घेरा तोडेर जर्वजस्त त्रिपुरेश्वर हिड्ने भनेर अगाडी बढ्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिनका लागि पानीको फोहोरा, १५७ राउण्ड अश्रुग्याँस, ५ राउण्ड रवरको गोली समेत प्रहार गरेको थियो ।