सोमवार, जेष्ठ ७, २०८१

युवा संघ र प्रसाईँको समूह कार्यक्रम: उपत्यकाको सुरक्षा व्यवस्था कडा, १० हजार सुरक्षाकर्मी परिचालन

तोकिएको स्थान बाहिर गए सुरक्षा निकायले बल प्रयोग गर्न बाध्य हुने प्रशासनको चेतावनी

काठमाडौं मंसिर ६,

विहिवार राजधानीमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसाईँको समूहले गर्ने कार्यक्रमलाई लक्षित गरी सरकारले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र दुई समूहले गर्ने कार्यक्रमका कारण हुन सक्ने सुरक्षा जोखिमलाई ध्यानमा राखेर कडा निगरानी सहित उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयले युवा संघका लागि तीनकुने मैदान र प्रसाईँ समूहका लागि बल्खुमा कार्यक्रम गर्ने स्थान तोकिएको र र यसरी तोकिएको स्थान बाहिर गएर कुनै कार्यक्रम गरेर अप्रिय घटना भए सुरक्षा निकायले बल प्रयोग गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

त्यस्तै दुई समूहले गर्ने कार्यक्रम शान्तिपूर्ण हुने भनिए पनि नागरिकको दैनिक काममा अवरोध नहोस् भन्नका लागि १० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाउादै यसवीचमा विहिवार गौशाला, चाबहिल बानेश्वर, वल्खु, कोटेश्वरलगायतका क्षेत्रमा सवारी आवागमन प्रभावित हुन सक्ने ट्राफिक प्रहरीले जनाएको छ।