आइतवार, जेष्ठ ६, २०८१

प्रतिगामीहरूको सपना कहिल्यै पूरा हुँदैन :  प्रधानमन्त्री

 नागरिक अगुवाहरूको उद्घोष – गणतन्त्रको रक्षार्थ जस्तोसुकै मूल्य चुकाउन तयार छौँ

काठमाडौं मंसिर ६,

प्रधानमन्त्री ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुँने बताउनुभएको छ ।

नेपाल सरकारको मन्त्रिपरिषदले सरकारी लिखतहरूमा नेपाल संवत समेत उल्लेख गर्ने निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गर्न नेपाल संतव न्हुँद समाहाो समिति लगायतका विभिन्न संघसंस्थाले आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजको परिवर्तन साना दुखले आएको होइन। यो व्यवस्थाका निम्ति हजारौंले रगत बगाएका छन्, हजारौंले जेलनेल भोगेका छन्। लाखौं जनताले संघर्ष गरेका छन्। यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, भन्दै तिनीहरूको सपना कहिल्यै पूरा नहुँने बताउनुभएके हो ।

सम्बोधनको क्रममा प्रम प्रचण्डले संसारकै नियम हो– पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन खोज्छन्। अहिले पनि त्यही कोसिस हुँदैछ’’ भन्दे संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने सपना कसैले नदेख्दा हुन्छ। यस्तो दुस्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्नेछ।

त्यस्तै उहाँले नेपाल संवत् नेपालको मौलिक संवत् भएको र यसलाई राष्ट्रिय संवतको रूपमा विकसित तुल्याउनुपर्दछ भन्दै व्यवस्थाका विरूद्ध षड्यन्त्र गरिरहे हामी थप कठोर हुन बाध्य हुने प्रधानमन्त्रीले चेतावनी समेत दिनुभयो ।

यसैवीच कार्यक्रममा कार्यक्रममा राजनीतिक दल र नागरिक समाजका अगुवाहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन ।

नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान, एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ ,जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ , नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह , मल्ल के सुन्दर लगायतले राजतन्त्र र पञ्चायतले कहिल्यै पनि जनताको पक्षमा काम गरेन। फेरि त्यही व्यवस्थाको वकालत गर्नेहरूलाई हामीले फेरि जवाफ दिनुपर्छ र दिन्छौं। भन्ने आशयको अभिव्यक्ति दिनुभएको हो ।