सोमवार, जेष्ठ ७, २०८१

राष्टिय सभा सदस्य निर्वाचनका लागि मतदाताको नयाँ मतभार कायम

काठमाडौं मंसिर ६,
निर्वाचन आयोगले र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, अनुरुप आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि नयाँ मतार कायम गरेको छ।

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुरुप राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको लागि १९ मतभार कायम हुने गरी निर्णय गरेको हो ।  यसअघि राष्ट्रिय सभा सदस्य निर्वाचनमा उक्त मतभार प्रदेश सभा सदस्यका लागि ४८ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १८ कायम रहेको थियो ।

नेपालको संविधानको धारा ८६ को उपधारा [३] बमोजिम राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरूको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेका कारण आसन्न निवाृचन लक्षित हुँदै आयोगले नयाँ मतभार कायम गरेको आयोगका सह-सचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।