सोमवार, जेष्ठ ७, २०८१

नयाँ भवनमा सरेपछि प्रधानमन्त्रीले भने-कामको प्रकृति र गुण पनि अब नयाँ ढंगले अगाडी बढ्छ

काठमाडौं मंसिर ६,

२०७२ सालको भूकम्पले क्षति पुगेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय रहने भवनको पश्चिम मोहडाको प्रवलीकरण सम्पन्नभएसंगै आज प्रधानमन्त्री पुष्पकमल दाहालले आज उद्घाटन गर्दै कार्यसम्पादको शुभारम्भ समेत गर्नुभएको छ ।

सहरी विकास मन्त्रालयले झन्डै ५० करोड ३० लाख रुपैयाँ लागतमा यो भवनको प्रवलीकरण गरेको हो । भूकम्पले क्षति पुर्याएको भवन प्रवलीकरण गरी पुरानै स्वरुपमा फर्काउन परम्परागत प्रविधि, काठ, चुना, सुर्की, फलामजस्ता वस्तु प्रयोग गरिएको छ । भवनमा रहेका बुट्टा पनि पुरानै प्रयोग गरिएको छ ।

भवनको उद्घाटनपछि प्रधानमन्त्री दाहालले अब नयाँ सोचअनुसार काम गर्ने बताए । साथै उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मात्रै नसारिएको जनाउँदै कामको प्रकृति र गुण पनि अब नयाँ ढंगले जाने संकल्प गरे । ‘हामी प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेका छौं । यो ठाउँ मात्रै सारिएको होइन, कामको प्रकृति र गुण पनि अब नयाँ ढंगले जाने संकल्प पनि यसभित्र रहेको बताउनुभयो ।

 

तस्बिर: प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय