सोमवार, जेष्ठ ७, २०८१

टिकटकमाथि प्रतिवन्ध प्रकरण: सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

 काठमाडौं मंसिर ५,
सरकारले टिकटकमाथि प्रतिवन्ध लगाउने सवालमा गरेको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रित निवेदनको सुनवाइ गर्दे आज अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार कारण देखाउ आदेश जारी गर्दै रिट निवेदकहरुको माग बमोजिम प्रस्तुत प्रकरणमा किन अन्तरिम आदेश दिनु नपर्ने हो, त्यसको कारण पेश गर्न सरकारको नाममा आदेश दिएको छ। त्यस्तै मंसिर १५ गते भित्र लिखित जवाफ पेश गर्न र आगामी मंसिर १९ गते पूर्ण सुनुवाइका लागि पेश गर्न सर्वोच्चले आदेश दिएको छ ।

स्मरण रहोस गत कात्तिक १७ गतेको मन्त्रिपरिषद्को बैठक मार्फत सरकारले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यसका विरुद्ध १४ जना कानून व्यवसायीले नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी सरकारले टिकटकमा प्रतिबन्ध लगाएको र यो सरकारको प्रस्तुत निर्णय निरकुश रहेको जनाउ सहित रिट निवेदन दायर गरेका थिए।

तर, रिट निवेदकको माग बमोजिम सर्वोच्चले अन्तरिम आदेश भने दिएको छैन। यसमा कारण देखाउ आदेश जारी गरेको हो। भन्दै विवाद न्यायलय छिरेको थियो। नेपालविरुद्ध अनर्गल प्रचार एवं अश्लील गतिविधि भएको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।