बिहिबार, बैशाख २०, २०८१

तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदै

[फाइल फोटो]

काठमाडौं कार्तिक २९,
नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।

दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता वोकेको यो चाड आफैमा महत्वपूर्ण रहेको छ ।

भाइटीकाका लागि आज बिहान १० : ५१ बजे शुभ साइत रहेपनि दिनभर टीका लगाउन कुनै बाधा अर्चन नरहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।  यद्यपी शुभसाइत  खोज्नेकोलागि बिहान १०: ५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको र भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र दाजुभाइ पूर्व फर्कनुपर्ने समितिले जनाएको छ।