सोमवार, जेष्ठ ७, २०८१

मन्त्रिपरिषद् बैठक: सरकारले भूकम्पबाट घाइते भएका सबैको निःशुल्क उपचार गर्ने

  • ज्यान गुमाएकाका परिवारलाई तत्काल २ लाख रुपैयाँ राहत दिने

काठमाडौं कार्तिक १९,
मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ ।  जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले जानकारी दिनुभयो ।

 त्यस्तै बैठकले सरकारले भूकम्प प्रभावितका लागि प्राप्त हुने विदेशी सहयोग स्वीकार गर्ने निर्णयसंगै यसअघि भूकम्प प्रभावितका लागि राहत वितरणको क्रममा देखिएको कमिकमजोरीलाइलाइ सच्याउँदै प्रभावितको पहिचान, पुनर्स्थापनाका साथै खोज, उद्धार र राहत वितरणको क्रममा सजगता अपनाउँने र भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई तत्काल २ लाख रुपैयाँ राहत दिने, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सुरु गर्ने निर्णय समेत गरेको छ।

 त्यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमार्फत जाजरकोट भूकम्प पिडितको लागि राहत, उद्धार र पुनर्स्थापनाका साथै खोज, उद्धार संगै स्रोत व्यवस्थापनलगायत विविध विषयमा छलफल गर्ने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031