सोमवार, जेष्ठ ७, २०८१

महासंघको सदस्यता शुद्धीकरण अभियान :कात्तिक २५ गतेसम्म उजुरी गर्ने समय थप

काठमाडौं कार्तिक २० ,
नेपाल पत्रकार महासंघ शुद्धीकरण समितिले सदस्यता शुद्धीकरण अभियान अन्र्तगत कात्तिक २५ गतेसम्म उजुरी गर्ने समय थप गरिएको जनाएको छ।

उक्त कार्यविधिबमोजिम नेपाल पत्रकार महासंघले नयाँ सदस्यता र सदस्य नवीकरण सम्बन्धमा ‘शुद्धीकरण मापदण्ड–२०७९’ अनुसार शाखा समितिमा प्राप्त भएका सदस्यहरुको विवरण अध्ययन गरी प्रदेश समितिले केन्द्रीय समितिलाई पठाएको नामावली उपर उजुरी दिने समय केन्द्रीय शुद्धीकरण समितिले थप गरेको हो ।

यसअघि केन्द्रीय शुद्धीकरण समितिले कार्तिक ११ गतेसमको लागि उजुरी दिन सक्ने व्यवस्था गरिएको थियो । तर पछि समय सिमा अपुग भएको भन्दै विभिन्न कोणबाट उठेको आवाजलाइ सम्बोधन गर्दै समितिले २५ गतेसम्म उजुरी गर्ने समय थप गरेको हो ।

त्यस्तै समितिले यसहद्धि प्राप्त उजुरी र थप गरिएको उजुरीको निरुपण गरिने जनाउ सहित देशभरका प्रदेश तथा शाखा कार्यसमितिका कार्यालयमा लगाइएका ताला खोली वातावरण सहज बनाउन सम्बन्धित सबैमा आहृवान गर्दै महासंघले शुद्धीकरण अभियानलाई सफल बनाउन सम्बन्धित सबै संघसंगठनको भूमिका सराहनीय हुनेमा महासंघ विश्वस्त रहेको समेत जनाएको छ ।