सोमवार, जेष्ठ ७, २०८१

आज मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं कार्तिक १९,

शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प र यसले पुर्याएको मानवीय र भौतिक क्षतिबारे छलफल गर्न आज मन्त्रिपरिषदको बैठक बस्दै छ ।

प्रधानमन्त्री प्रचण्डले भूकमप प्रभावित क्षेत्रको स्थलगत निरीक्षण पछि आइतबार बिहान ८ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाउँनुभएको हो ।   आजको बैठकले भूकम्पको क्षतिबारे छलफलसंगै पीडितहरूलाई राहत, उद्धार तथा पुनर्स्थापनाबारे थप निर्णय गर्ने तयारी रहेको बताइएको छ ।