सोमवार, जेष्ठ ७, २०८१

भुकम्प पीडित प्रभावितको खोज र उद्धारका लागि सरकारले छुट्टायो १० करोड

काठमाडौं कार्तिक १८,

सरकारले जाजरकोट र पश्चिम रुकुममा गएराती गएको भुकम्प पछि भूकम्प प्रभावितको खोज र उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ निकास गराउने निर्णय गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज बसेको सरोकारवालाहरूको आकस्मिक बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा ५–५ करोड रुपैया पठाउने निर्णय संगै उक्त रकम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत पठाउने निर्णय गरेको छ ।