सोमवार, जेष्ठ ७, २०८१

महानगर १९को यट्खा दमाईटोलमा १०८ कुमारी पूजाको आयोजना

काठमाडौं कार्तिक १८,
काठमाडौं महानगर वडा न १९ स्थित कुमारीपूजा समाजको आयोजनामा आज १०८ कुमारी पूजाको आयोजना गरिएको छ । हिन्दु र बौद्ध धर्म परम्परामा कुमारी वा कन्याले देश र जनतालाई रक्षा गर्ने विश्वास सहित एकदशक अघिवाट प्रत्येक वर्ष आजकै दिन जीवितदेवी कुमारीको प्रारुपमा कन्याकुमारीलाई तुलजा भवानीको रुपमा पुजिदै आएको छ ।

यसमध्ये पनि पहिलो ५ कन्याकुमारीलाइ अर्थात पञ्चकन्यालाई हिन्दु धर्ममा अहिल्या, द्रोपदी, कुन्ती, तारा र मन्दोदरीको रुपमा स्वीकार गरिएको धार्मिक अध्येताहरुको कथन रहेको छ। त्यस्तै नेवारी परम्परा अनुसार कुमारी पूजा गरेपछि ठूलो रोगले नछुने अरूको कुदृष्टि नलाग्ने विश्वास रहिआएको महानगर वडा न १९ का वडा सदस्य चन्द्रमान डंगोलले बताए ।

 पूजामा धार्मिक आस्था राख्ने भक्तजनले इच्छा अनुसार कुमारीहरुलाई नगद, वस्त्र फलफूल, कपडा, चकलेट ,कापीकलम लगायतका सामाग्री समपर्ण गरेका थिए ।