सोमवार, जेष्ठ ७, २०८१

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं कार्तिक १८,
शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६।४ म्याग्निच्युडको भूकम्प र यसले पुर्याएको मानवीय र भौतिक क्षतिबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पपछि भएको ठूलो मानवीय र भौतिक क्षतिबारे छलफल गर्न आइतबार बिहानका लागि प्रधानमन्त्रीले बैठक बोलाएको हो ।

स्थलगत निरीक्षणका लागि भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुम पश्चिममा रहेका प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान ८ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

उक्त बैठकमा भूकम्पको क्षतिबारे छलफल हुनुका साथै पीडितहरूलाई राहत, उद्धार तथा पुनर्स्थापनाबारे थप निर्णय हुने बताइएको छ ।