सोमवार, जेष्ठ ७, २०८१

मप बैठका १८निर्णय: राष्ट्रपति पौडेल कात्तिक २२ मा फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जानुहुँदै

काठमाडौं कार्तिक १७,
कात्तिक १६ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकका  निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवो सरकारका प्रवक्ता रेखा शर्माले बैठकले राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमणको कार्यक्रम स्वीकृत गरेको जानकारी दिनुभएकोछ ।

 राष्ट्रपति फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र त्यसपछि सङ्घीय गणतन्त्र जर्मनी र इटालीको भ्रमणका लागि कात्तिक २२ गते त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । त्यस्तै उहाँ भ्रमण सकेर मङ्सिर १ गते स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम तय उहाँले बताउनभयो ।

त्यस्तै सरकारका प्रवक्ता शर्माले बैठबले कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित परियोजना–आयोजनाका लागि २६१ राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने , चीनको साङ्घाईमा सञ्चालन हुने छैटौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई स्वीकृति दिने लगायतका विभिन्न १८ वटा निर्णय भएको जानकारी दिनुमयो ।
मन्त्रिपरिषद् बैठक थप निर्णहरु :