सोमवार, जेष्ठ ७, २०८१

नेपाली क्रिकेट टोलीलाइ प्रधानमन्त्रीले दिए बधाई

काठमाडौं कार्तिक १७
प्रधानमन्त्री प्रचण्डले नेपाली क्रिकेट टोली आईसीसी टी-ट्वेन्टी विश्वकपमा छनोट भएकोमा बधाई दिएका छन् । प्रधानमन्त्री दाहालले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उँचाइप्रति सरकारकोतर्फबाट उच्च सम्मान व्यक्त गरेका छन् ।

नेपाली टोलीलाई आगामी यात्राका लागि सफलताको कामनाका गर्दै दाहालले सरकार सधैँ क्रिकेट खेलाडीको साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गरे । टी- ट्वेन्टी एसिया छनोट अन्र्तगत आज भएको समिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।