सोमवार, जेष्ठ ७, २०८१

युएईलाइ ८ विकेटले पराजित गर्दै नेपाल आईसीसी टी-ट्वेन्टी विश्वकपमा छनोट

काठमाडौं कार्तिक १७,

नेपाल टि २० विश्वकप अन्र्तगत आज भएको खेलमा युएईलाइ ८ विकेटले पराजित गर्दै छनोट भएको छ ।  मूलपानीस्थित क्रिकेट मैदानमा आज भएको खेलमा यूएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो । यससँगै वेस्टइन्डिज र अमेरिकाले २०२४ मा संयुक्त रुपमा आयोजना गर्ने विश्वकपमा नेपाल छनोट हुने सुअवसर प्राप्त गरेको छ।

नेपाललाई जिताउन ओपनर मोहम्मद आसिफले ५१ बलमा ६५ रन कप्तान रोहित पौडेलले २० बलमा ३३ रनको नटआउट गुलसन झाले २२ रन कुशल भुर्तेल ११ रनको योगदान गरेका थिए ।

 टस जित्दै पहिला ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो भने नेपालका ब्याट्सम्यान आसिफले ५२ बलमा सात चौका र एक छक्कासहित अविजित ६४ रन बनाएपछि नेपालको जित सहज बनेको हो । ले १७.१ ओभरमा दुई विकेटको क्षतिमा १३५ रन बनाएको छन ।

यसअघि नेपालले सन् २०१४ मा बङ्गलादेशमा भएको टि २० विश्वकप खेलेको थियो । त्यसपछि नेपाल लगातार अन्तिम समयमा विश्वकपमा छनोट हुनबाट वञ्चित हुँदैआएको थियो ।

बहराइनलाई १० विकेटले पराजित गर्दै ओमान विश्वकपमा छनोट :  यसैवीच आजै भएको र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको अर्को खेलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमान विश्वकपमा छनोट भएको छ   बहराइनले दिएको एक सय सात रनको लक्ष्य ओमानले १४ दशमलव एक ओभरमा पूरा गरेो हो । अवको चरणमा फाइनल खेल नेपाल र ओमानवीच हुनेछ ।