सोमवार, जेष्ठ ७, २०८१

कान्तिपुर प्रतिष्ठान शाखा निलम्बन सहित महासंघद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

काठमाडौं कार्तिक १७, 

नेपाल पत्रकार महासंघले महासंघ कान्तिपुर प्रतिष्ठान शाखा निलम्बन संगै कात्तिक १८ देखि मंसिर १० गतेसम्म दोस्रो चरणको आन्दोलन गर्ने समेत महासंघले घोषणा गरेको छ । कान्तिपुरबाट ८२ जना पत्रकारलाई गैरकानुनी ढंगले निष्कासन तथा सरुवा गरेको विरोधमा महासंघले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

घोषित आन्दोलनका कार्यक्रम अनुसार हरेक दिन सेन्ट्रल बिजनेस पार्क थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुप परिसरमा साढे २ बजेदेखि साढे ४ बजेसम्म पत्रकारले दुई घण्टा धर्ना दिनेछन् । कात्तिक २३ गते माइतिघर मण्डलादेखि कान्तिपुर पब्लिकेसन्ससम्म ुसम्पादकको खोजीु हुने महासंघले जनाएको छ।

त्यस्तै मंसिर १० गतेसम्म धर्नासहित अन्य सिर्जनात्मक कार्यक्रमहरू गरिनेछ । मिडियाका श्रम समस्या समाधानका लागि विभिन्न संघसंगठनहरूसँग छलफल, राष्ट्रियरअन्तर्राष्ट्रिय निकायमा पत्राचार, प्रतिनिधि सभाका सभामुख तथा राष्ट्रियसभाका अध्यक्षको ध्यानाकर्षण, संसदीय समितिमा ध्यानाकर्षण, अन्तर्राष्ट्रिय संस्थाहरूसँग पत्राचार तथा भेटघाट लगायतका कार्यक्रम गरिनेछ ।श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सहयोग गर्न व्यंग्यात्मक रुपमा कात्तिक २५ गते कान्तिपुरको बैंक खातामा १ रुपैयाँ जम्मा गरिने कार्यक्रम समेत आन्दोलनो घोषित कार्यक्रमाम उल्ल्ेख गरिएकोछ ।

यसअघि सम्पन्न धर्ना लगायतका कार्यक्रमहरूमा सक्रिय सहभागिताका लागि धन्यवाद दिँदै घोषित थप कार्यक्रममा सक्रिय सहभागिता जनाउन नेपाल पत्रकार महासंघ उपत्यकास्थित आफ्ना सबै शाखाका पदाधिकारी, सदस्य तथा विभिन्न सञ्चारगृहमा कार्यरत श्रमजीवी पत्रकार, पत्रकारका संघसंगठनका प्रतिनिधिलगायत श्रमजीवी पत्रकारका पक्षधर सबैमा हार्दिक आग्रह गर्दै महासंघले व्यवस्थापन पक्षले निष्कासन गरेका ८२ पत्रकारको पुनर्वहाली, अनधिकृत सरुवाको बदर र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयलगायतका मागहरू अविलम्ब पूरा गर्न महासंघले आग्रह गर्दै आइरहेको छ ।

यस्तो  छ आन्दोलनको विस्तृत कार्यक्रम :