सोमवार, जेष्ठ ७, २०८१

जाजरकोट ६.४ म्याग्निच्युडको भूकम्प, देशभर र भारतमा समेत भुकम्पको धक्का महशुस

काठमाडौं कार्तिक १८,
शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । काठमाडौं उपत्यका सहित देशभर र भारतका विभिन्न शहरमा समेत भुकम्पको धक्का महशुस गरिएको छ राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसैवीच जाजरकोटको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिले बिहान छ बजेसम्ममा जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्युसंगै जाजरकोटमा ६४ र रुकुममा ५७ जना घाईते भएको नेपाल प्रहरीले जनाएको छ। यसवीचमा उद्धार कार्य जारी रहेको मृतकको संख्या अझै बढनसक्ने जनाउ दिएका छन ।

त्यस्तै राष्ट्रिय भूकम्प मापन केन्द्रले ६.४ म्याग्निच्युडको भूकम्प पछि पनि पटकपटक ससाना थप भूकम्प गईरहेको जनाएको छ।