सोमवार, जेष्ठ ७, २०८१

आईसीसी टी-२० विश्वकप नेपालले आज मलेसियासँग दोस्रो खेल खेल्दै

काठमाडौं कार्तिक १४,
आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट खेल अन्र्तगत आज नेपालले मलेसियासँग दोस्रो खेल खेल्दैछ।

आज दिउँसो सवा १ बजे टीयू क्रिकेट मैदामा हुने नेपालले मलेसियावीचको खेलमा ओमानसँग ३२ रनले पराजित मलेसियालाइ पराजित गर्न सके नेपालको यो दोस्रो जितसंगै सेमिफाइनलमा पुग्ने सम्भावना समेत प्रवल हुने छ । यसअघि पहिलो् खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो।

स्मरण रहोस नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान रहेका छन भने अर्को समूहमा संयुक्त अरब इमिरेट्स युएई, हङकङ, बहराइन र कुवेत रहेका छन्।